नियम १४
सुपरिवेक्षकको काम र कर्तव्य
यस नियमावलीमा अन्यत्र उल्लेख भएका काम र कर्तव्यको अतिरिक्त सुपरिवेक्षकको काम र कर्तव्य देहाय बमोजिम हुनेछन्‌ -

(क) मुद्दाशाखाका चालूमिसिलमा भएका आदेशहरू यथाशीघ्र कार्यान्वयन गर्ने गराउने,

(ख) निरीक्षणबाट औंल्याइएका त्रुटिहरू यथाशीघ्र सुधार गर्ने गराउने,

(ख१) मुद्दामा कार्यतालिका बमोजिम काम भए नभएको अनुगमनगरी सम्बन्धित कर्मचारीलाई निर्देशन दिने,

(ख२) कार्यतालिकामा निर्धारित समयसीमा नाघ्न लागेका मुद्दाहरू पहिचान गरी सो को जानकारी सम्बन्धित न्यायाधीश र स्रेष्तेदारलाई दिने र प्रास निर्देशन बमोजिम निर्धारित समयभित्रै कार्य सम्पन्न गर्ने गराउने,

(ख३) मुद्दाको मार्गसमूह परिवर्तन गर्नु पर्ने देखिएमा स्रेष्तेदार समक्ष पेश गर्ने।

(ग) फैसला भएका मुद्दाका मिसिलहरूमा फैसला बमोजिम जारी गर्नु पर्ने पक्राउ पूर्जी, समाह्वान, इतलायनामा, म्याद वा सूचना जारी गरी तहसिल शाखामा लगत कस्न दिई फैसला तयार भएका मितिले पन्ध्र दिनभित्र अभिलेख संरक्षकलाई बुझाउन लगाउने,

(घ) मुद्दामा पक्राउ पूर्जी, समाह्वान, इतलायनामा, म्याद वा सूचना जारी गरी यथाशीघ्र तामेल गराउने,

(ङ) मुद्दामा भएका आदेश बमोजिम झिकाइएका मिसिल कागजहरुमा काम सम्पन्न भएपछिफिर्ता पठाउने,

(च) मुद्दाका पक्ष लगायतका सरोकारवालाहरुलाई समयमै गुणस्तरीय सेवा प्रवाह गर्न आवश्यक समन्वय गर्ने ।

(छ) न्यायाधीशवा स्रेस्तेदारले दिएका निर्देशनहरू यथाशीघ्र कार्यान्वयन गर्ने ।